कार्तिक ११, दुबई — इन्डियन प्रिमियर लिगमा (आईपीएल)मा किंग्स इलेभेन पञ्जावले आफ्नो उत्कृष्ट पुर्नआगमन कायम राख्दै सोमबारको खेलमा कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हरायो । यो जितपछि पञ्जाव १२ अंकका साथ लिगको चौथो स्थानमा उक्लियो भने कोलकाता पाँचौं स्थानमा झरेको छ ।
प्रतियोगितामा कमजोर सुरुआत लिएको पञ्जावले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छ । सोमबारको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा नौ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
जवाफमा पञ्जावले १८.५ ओभरमा दुई विकेट गुमाएर १ सय ५० रन बनायो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान मन्दीप सिंहले ६६ रन बनाए र नटआउट रहे । उनले आठ चौका र दुई छक्का प्रहार गरे ।
पञ्जावका लागि क्रिस गेलले ५१ रन बनाए । उनले २९ बलमा अर्धशतक बनाएका हुन् ।
कोलकाताका लागि भने शुभमन गिलले सर्वाधिक ५७ रन बनाए । कोलकाताका इयोन गीलले ४० रन बनाउनुका अलवा अन्य ब्याट्सम्यान चलेनन् ।
बलिङतर्फ पञ्जावका मोहम्मद सामीले चार ओभरमा ३५ रन खर्चिएर ३ विकेट लिए । क्रिश जोर्डन र रवी बिस्नोइले समान दुई-दुई विकेट लिएका थिए ।
FACEBOOK COMMENTS