काठमाडौं ,कार्तिक १२ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि गरिने बताएका छन् ।
मङ्गलवार महाकाली नगरपालिका १ मा सुख्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताए । वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थीति बुझेर प्रक्रिया शुरु गर्ने उनले बताए । मन्त्री भट्ट सँगै अनुगमनमा सांसद डा दिपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो ।
सुख्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम शुरु गरेको बताइएको छ । मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गते देखि काम शुरु गर्ने जनाइएको छ ।
FACEBOOK COMMENTS