काठमाडौँ, कार्तिक १३ – ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको जानकारी दिएको छ । राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि उक्त सेयर वितरण गर्ने बैंकको सञ्चालक समिति बैठकले निर्णय गरेको हो ।
बैंकले आव २०७६/७७ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
FACEBOOK COMMENTS