काठमाडौ, कात्तिक १३ – भारतको टाटा समूह तमिलनाडुको औद्योगिक क्षेत्रमा फोन कम्पोनेन्ट म्यानुफ्याक्चरिङ प्लान्टका लागि ५,००० करोड भारु लगानी गर्ने भएको छ । चीनबाट एप्पलले भारतमा आफ्नो म्यानुफ्याचरिङ सिफ्ट गर्ने योजना अन्तरगत भारतको टाटा समूहसँग सहकार्य गर्न लागेको हो ।
उक्त प्लान्टमा ८००० करोडसम्म लगानी गरिने टाटाले बताएको छ । नयाँ कम्पनीको टाटा इलेक्ट्रोनिक्सको टिडको (तमिलनाडु औद्योगिक विकास निगम) द्वारा उक्त प्लान्टका लागि जमिन समेत तयार गरिसकेको छ ।
टाइटनको टाइटन इन्जिनेरिङ डिभिजनले यस परियोजनालाई विज्ञको सल्लाह दिने छ । नयाँ युनिटमा अक्टूबर २०२१ सम्म १ हजार वटा कर्मचारी हुने छन भने उक्त कर्मचारी ९० प्रतिशत महिलाहरु मात्र हुने छन् ।
FACEBOOK COMMENTS