काठमाडौं, कार्तिक १४ – यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत आज (शुक्रबार) किङ्स इलेभेन पन्जाबले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै छ ।
सेख ज्याद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहनेछ ।
पन्जाबलाई प्ले-अफमा पुग्ने सम्भावनालाई बलियो बनाउन आजको खेलमा जित आवश्यक छ । आजको खेलमा जित निकाल्न सकेमा पन्जाब प्ले-अफमा पुग्न केही बलियो हुनेछ ।
लिगमा १२ खेल खेलेको पन्जाब १२ अंक साथ तालिकाको चौथो स्थानमा छ । आजको खेलमा जित निकाल्न सके पन्जाबले दोस्रो र तेस्रो स्थानको टोलीसँग अंक बराबरी गर्नुपर्नेछ ।
यता राजस्थानालाई पनि प्लेअफमा आफूलाई सम्भावना बनाइ राख्न आजको खेलमा जित्नैपर्ने दबाब छ । आजको खेलमा जित निकाल्दा राजस्थान अंक तालिकामा दुई अंक जोड्दै शीर्ष चारमा रहेका टोलीसँग अंक बराबरी गर्ने योजनामा छ ।
FACEBOOK COMMENTS