काठमाडौं, कार्तिक १४ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका पदाधिकारी र चिकित्सकलाई कोरोना संक्रमण भएको छ । प्रतिष्ठानका पदाधिकारी रजिष्ट्रार विश्वराज काफ्ले, शिक्षाध्यक्ष डा. निरेश थापालाई कोरोना संक्रमण भएको हो ।
त्यसैगरी प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरु सुर्यमान लिम्बु, धिरेन्द्र काफ्ले, अनुप मंगल समाललाई कोरोना संक्रमण देखिएको हो । संक्रमणको लक्षण देखिएपछि बिहीबार प्रतिष्ठानकै ल्यावमा कोरोना परीक्षण गर्दा पुष्टि भएको हो ।
प्रतिष्ठानका रजिष्ट्रार काफ्लेका अनुसार दुईदिन अघिदेखि ज्वरो आउने र शरिर दुख्ने भएको थियो ।
FACEBOOK COMMENTS