काठमाडौं, कार्तिक १४ – कास्कीको पोखरा महानगरपालिकामा होम आइसोलेसनमा बसेका एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु थापाका अनुसार पोखरा महानगरपालिका–१५ का ८१ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो ।
उनका अनुसार कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै बस्दै आएका थिए ।
FACEBOOK COMMENTS