लन्डन । बेलायतमा कोरोना भाइरस ९कोभिड १९० का कारण ज्यान गुमाउनेको संख्या शुक्रबार साँझसम्म ४६ हजार नाघेको छ । शुक्रबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप २७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बेलायतमा हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ४६ हजार २२९ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी दिएको छ । मृत्यु हुनेमा पछिल्लो २८ दिनभित्र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु रहेका छन् ।
यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप २४ हजार ४०५ जना नयाँ संक्रमित पुष्टि भएको छ । करिब २४ घन्टामा ३ लाख ४४८ हजारमा गरिएको परीक्षणमा २४ हजार भन्दा बढी संक्रमित फेला परेका हुन् । यससँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनको संख्या ९ लाख ८९ हजार ७४५ पुगेको छ ।
कोरोनाको संक्रमण बढेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि दैनिक रुपमा बढ्दै गैरहेको छ । पछिल्लो २४ घन्टामा एक हजार ४८९ जना कोरोना संक्रमितहरु अस्पताल भर्ना भएका छन् । हाल ९७५ जना कोरोना संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ भने १० हजार ७०८ जना कोरोना संक्रमितको अस्पतालमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS