काठमाडौं, कात्तिक १६ – पूर्वी नवलपरासीमा थप ३ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंका अनुसार गैंडाकोट नगरपालिकाका ३८ वर्षीय एक पुरुषको शनिबार साँझ चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
त्यसैगरी कावासोती र विनयी त्रिवेणी गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको छ ।विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किबासकी ६४ वर्षीया महिलाको उपचारका क्रममा चितवन मेडिकलमा मृत्यु भएको हो ।
कावासोती नगरपालिका–११ का ४८ वर्षीय पुरूषकाे पनि चितवन मेडिकल कलेजमा मृत्यु भएकाे हाे ।
FACEBOOK COMMENTS