काठमाडौं, कात्तिक १७ – सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको मर्जरपछि पहिलो दिनमा भएको कारोबारमा शेयर मूल्य ९ दशमलव ९५ प्रतिशत वृद्धि भएको छ । सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्त एक आपसमा मर्जर भएपछि सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर कारोबार भएको पहिलो दिन सोमवार शेयर मूल्य ९ दशमलव ९५ प्रतिशत वृद्धि भएको हो । कम्पनीको शेयर मूल्य रू. ८७५ मा खुला भएर रू. ९१७ पुगेको हो ।
सोमवार अपरान्ह १२ : ३५ सम्ममा मार्केट डेप्थमा कम्पनीको २३ हजार ९८१ कित्ता शेयर खरीद अर्डर छ भने विक्री अर्डर एउटा पनि छैन ।
यी दुई कम्पनी गाभिएपछि कायम भएको २३ लाख ५३ हजार ८२१ कित्ता शेयर सारथी नेपाल लघुवित्तको नामबाट नेपाल स्टक एक्सचेञ्जमा आइतवार सूचीकृत भएको थियो ।
कम्पनीको शेयर कारोबार ‘एसएनएलबी’ स्टक कोडबाट भएको छ । यी दुई कम्पनीले असोज ५ गतेदेखि एकीकृत कारोबार शुरु गरेका थिए ।
FACEBOOK COMMENTS