काठमाडौं, कात्तिक १७ – गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण देखिएको छ।रूघाखोकीलगायत लक्षण देखिएपछि कात्तिक १४ गते स्वाब दिएका उनको रिपोर्ट आज पोजेटिभ आएको हो।
‘दसैंलगत्तै रूघाखोकी र टाउको दुखाइपछि स्वाब दिँदा कोरोना पोजेटिभ पाइयो,’ उनले भने। आफू गत बिहीबारदेखि नै होम आइसोलेसन बसेको सिडिओ भट्टराईले बताए। उनकी श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
उनले आफूहरूसँग सम्पर्कमा रहेकाहरूलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन्।
FACEBOOK COMMENTS