काठमाण्डौं– कुमारी बैंकद्धरा गैर सरकारी संस्था बाल सारथीलाई सहयोग गरेकोे छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति गुह्येश्वरीमा अवस्थित बाल सारथी नामक गैर सरकारी संस्थालाई एक लाख सहयोग गरेको हो ।
विगत १३ वर्ष देखी बाल सारथीले गरिब, विपन्न, सडक बालबालिकारुको आधारभूत शिक्षामा सहयोग पुर्याएको छ ।
बैकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले बाल सारथीका संस्थापकलाई चेक हस्तान्तरण गरेका छन् ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्य अन्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।
FACEBOOK COMMENTS