काठमाडौं, कात्तिक १७ – बाँकेमा कोरोना संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ । नेपालगन्ज उपमहानगरपालिका–२ घरबारी टोलकी ६७ वर्षीय महिलाको उपचारका क्रममा ज्यान गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
उनी नेपालगन्ज उपमहानगरपालिका–२ की वडा सदस्य हुन् । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोरोना विशेष वार्डमा भर्ना गरिएकी उनको सोमबार बिहान मुत्यु भएको हो ।
FACEBOOK COMMENTS