काठमाडौं, कार्तिक १७ – नेप्सेमा दुई वटा कम्पनीको १ करोड ७ लाख ५८ हजार २०१.७५ कित्ता सेयर सूचीकृत भएको छ । जसमा गुराँस लाइफ इन्सुरेन्सको ९३ लाख ५० हजार २०० कित्ता हकप्रद सेयर रहेको छ । यस कम्पनीले असार १४ गतेबाट साउन ४ गतेसम्म १००% हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
सोही हकप्रद अहिले सूचीकरण गरिएको हो । यस्तै, तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३ लाख ७३ हजार १ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १२% बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकृत भएको छ ।
FACEBOOK COMMENTS