काठमाडौं, कात्तिक १८ – काठमाडौं महानगरपालिकाले नगर क्षेत्रको विकास, योजना, नीति निर्माण र कार्यान्वयनका सम्बन्धमा अध्ययन, अनुसन्धान गर्न १० जनालाई ‘मेयर रिसर्च फेलोसिप’ प्रदान गरेको छ ।
यस वर्ष फेलोसिपमा प्रतीक खनाल, कृति प्रधान, सुरज गौतम, राजीव पोखरेल, सम्राट बस्याल, नवीनराज जोशी, कृपा सिग्देल, मनीषमान श्रेष्ठ, रवीन्द्र के सुवाल र गोपीकृष्ण ढुंगाना छनोट भएका छन् ।
विद्यालयमा गैरसंक्रामक रोगको जोखिम र स्वस्थ जीवनशैली, पैदलयात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा प्रभाव, ठमेल क्षेत्र, निलो पूर्वाधार म्यापिङ, उपत्यकाको वायु गुणस्तर र प्रदूषण संयन्त्रसम्बन्धी विश्लेषण, महानगरका नेवार समुदायको गरिबी र निवारण पद्धतिलगायत विषयमा उनीहरूले अध्ययन–अनुसन्धान गर्नेछन् ।
महानगरको नीति, योजना तर्जुमा र दिगो विकासका लागि सहयोग पुग्ने विषयमा अध्ययन, अनुसन्धानका लागि फेलोसिप कार्यक्रम सुरु गरेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।
FACEBOOK COMMENTS