काठमाडौं, कात्तिक १९ – पूर्वसभामुख कृष्ण बहादुर महराकी पत्नी सिता महराको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा टुइट गर्दै प्रधानमन्त्रीले पूर्वसभामुख महरासहित सम्पूर्ण परिवारमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन् ।
उनले लेखेका छन् ‘प्रतिनिधि सभाका सदस्य एवं पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सिता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ । म दिवंगत सिता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’
बुधबार बिहान ६:२५ बजे उनको निधन भएको हो। १५ गतेदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। नर्भिक हस्पिटलमा पिसिआर टेष्ट गर्दा उनलाई कोरोना पजिटिभ देखिएको थियो।
FACEBOOK COMMENTS