काठमाडौं, कात्तिक २० – अमेरिकामा राष्ट्रपतिकाे चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच प्रतिस्पर्धा कायमै छ ।
बाइडेन जित नजिक पुग्नुभएको छ । राष्ट्रपतिका लागि आवश्यक पर्ने २ सय ७० इलेक्टोरल मतमा बाइडेन ६ मतले मात्रै पछि हुनुहुन्छ । पछिल्लो परिणाम अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २ सय ६४ र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले २ सय १४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । अमेरिकाका ५० राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ ।
बाइडेनले कुनै एक राज्यमा मात्रै जित हासिल गरे पुग्छ । बाइडेन जित नजिक पुगेसँगै राष्ट्रपति ट्रम्पको चुनावी प्रचार अभियानले मिशिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ ।
FACEBOOK COMMENTS