काठमाडौं, कात्तिक २० – कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बिष्णुपुर गाउँपालिका सिम्राहाका २३ वर्षीया युवती रहेकी छिन् ।
पिसाबमा समस्या देखिएपछि छ दिनअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार अस्पतालले बुधबार उनको पिसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पिसाबमा समस्या देखिएपछि १५ दिनअघि मात्र बिराटनगरबाट उपचार गराएर माइती फर्किएकी उनलाई एक्कासी बान्ता भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
FACEBOOK COMMENTS