काठमाडौं, २१ कार्तिक – भारत सरकारद्धारा निर्मित कोभिड–१९ को भ्याक्सिन फेब्रुअरी महिनाको लन्च हुन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारत बायोटेक र एउटा निजी कम्पनी सरकारद्वारा सञ्चालित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले सो कोभ्याक्सिनको अनुसन्धान गरिरहेका छन् ।
उक्त भ्याक्सिन आगामी वर्षको दोस्रो त्रैमाससम्म लन्च गर्ने अपेक्षा गरिएको पनि सो भन्दा अगावै भ्याक्सिन लन्च हुने देखिएको हो । भ्याक्सिनले राम्रो प्रभावकारीता देखाएको कोभिड–१९ टास्क फोर्सका सदस्य समेत रहेका वरिष्ठ आईसीएमआर वैज्ञानिक रजनी कान्तले बताएका छन् ।
उनका अनुसार आगामी वर्षको सुरुवातमा अर्थात् फेब्रुअरी वा मार्चसम्ममा उक्त भ्याक्सिन उपलब्ध हुने अपेक्षा गरिएको छ । उक्त कोभाक्सिन भारतको पहिलो भ्याक्सिन हो, जसलाई फेबु्रअरीमा सार्वजनिक तयारी गरिएको छ ।
आईसीएमआरका अनुसन्धान व्यवस्थापन, नीति, योजना तथा समन्वय समितिका प्रमुख कान्तले भने, तेस्रो चरणको परीक्षण समाप्त हुनुभन्दा पहिले पनि मानिसहरुलाई कोभाक्सि शट्स दिन सकिन्छ कि सकिदैन भनेर तय गर्ने काम भनेको सरकार तथा भारतीय स्वास्थ्य मन्त्रालयको हो ।
कान्तले भनेका छन्, पहिलो र दोस्रो चरणमा पशु अध्ययनमा सुरक्षित र प्रभावकारी देखियो, तर तेस्रो चरणको परीक्षण समाप्त नभएसम्म यसबारे शतप्रतिशत सुनिश्चित हुन सकिदैन ।
FACEBOOK COMMENTS