काठमाडौं, २१ कात्तिक – ह्वाट्सएप नयाँ फिचर ‘डिसपेरिङ मेसेज’ थप्ने तयारीमा छ। यो फिचर अन्तर्गत कुनै पनि ह्वाट्सएप प्रयोगकर्ताले आफ्नो र मेसेज पाउने दुवैको फोनबाट उनीहरुको च्याट मेटाउन सक्छन्। फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपको संसारभर २ खर्ब प्रयोगकर्ता छन्। उक्त फिचर समावेश भएसँगै प्रयोगकर्ताको च्याट थप सुरक्षित र गोपनिय राख्न मद्दत पुग्ने कम्पनीको विश्वास छ।
च्याटमा मेसेज पाउनेले ‘स्क्रिनसट’ अथवा अन्य तरिकाबाट दुईबीचको च्याट, फोटो वा भिडिओहरू राख्न चाहेमा राख्न सक्नेछन्। यो ‘डिसपेरिङ मेसेज’ फिचर यही वर्ष नोभेम्बर अन्त्यसम्म सार्वजनिक हुने कम्पनीको भनाइ छ।
कम्पनीले एक ब्लगमा लेखेको छ, ‘च्याट स्थायी नरहोस् भन्ने कुरामा विश्वास दिलाउन र मनको शान्तिको लागि यो फिचर सार्वजनिक गर्दैछौं। तर व्यावहारिक बनाउन ती मेसेजहरु सात दिनपछि मात्र मेटिनेछ।’ ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक मेसेन्जरलाई कम्पनीले आफ्नो मेसेजिङ प्लेटफर्महरूमा एकिकृत गर्ने आशा लिएको बिबिसीले लेखेको छ।
कम्पनीको मेसेजिङ एप स्न्यापच्याट ‘डिसपेरिङ मेसेज’ फिचर कै कारण प्रख्यात बनेको छ।
FACEBOOK COMMENTS