काठमाडौं, कार्तिक २१ – जनरल इन्स्योरेन्स कम्पनीमा महाप्रबन्धक पदमा नियुक्त भएका एस. के. तमोटले कार्यभार सम्हालेका छन् । उनले आगामी माघ १८ गतेसम्म काम गर्नेछन् ।
जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले सिईओ नियुक्ती गर्न ढिलाई भएकोले स्थापनाकालदेखिका महाप्रबन्धक तमोटलाई कार्तिक १८ गतेदेखि लागू हुने गरी ३ महिना कार्यकाल थप गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा उमेरका कारण काम नगर्ने भन्दै विदा लिइसकेका तमोटले सञ्चालक समितिले सिईओ नियुक्त गर्ने समय माग गर्दै तीन महिना काम गर्न अनुरोध गरेपछि कम्पनी फर्केको बताए ।
FACEBOOK COMMENTS