काठमाडौं, कात्तिक २२ – देश-दर्शन बस सेवा प्रालिले कोभिड-१९ को बढ्दो सङ्क्रमणका बीच पनि आजबाट पर्यटक बस सेवा सुरु गरेको छ ।
देश-दर्शनले १२ करोड रुपैयाँ लगानीमा १६ वटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा प्रदान गर्ने उद्देश्यले आज (शनिबार) देखि सेवा सुरु गरेको हो । देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्रि पर्यटक बस सेवा दिने गरी सुरु गरिएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले बताए ।
FACEBOOK COMMENTS