काठमाडौं, कात्तिक २४ – नेपाली बजारमा क्रसफायरको नयाँ रेस एडिसनको बाइक आरएम २५० ट्विन बिक्रीका लागि उपलब्ध भएको छ । काठमाडौं उपत्यकास्थित महाराजगञ्जको सोरुममा सो बाइक टेस्ट राइडका लागि उपलब्ध छ भने उपत्यकाकै एकान्तकुना तथा उपत्यका वाहिर बुटवल, पोखरा, चितवन, धरान र नेपालगन्जका सोरुमहरुबाट यसका वारेमा थप बुझ्न सकिने कम्पनीको भनाइ छ ।
डर्ट र मोटार्ड दुवै भर्सनमा उपलब्ध सो बाइक डर्ट बाइक राइडरहरुको चाहनालाई पुरा गर्नका लागि विशेष रुपमा डिजाइन गरिएको बताइएको छ । यसमा भएको डबल एक्जस्ट र पावर डेलिभरीका कारण यसलाई ट्रयाक, हाइवे र अन्य सबै स्थानमा चलाउन सकिने कम्पनीको भनाइ छ ।
३३० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकको तौल भने ११० किलोग्राम मात्र छ । अघिल्लो भागमा २९० एमएम र पछिल्लो भागमा २४० एमएमको डिस्क ब्रेक छ । क्रसफायर आरएम २५० ट्विन रेस एडिसनको मूल्य ६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
FACEBOOK COMMENTS