काठमाडौं, २६ कार्तिक – कोरोनाभाइरसको संक्रमणबाट निको भएका धेरै मानिसलाई मानसिक समस्या हुन सक्ने अध्ययनले देखाएको छ। भर्खरै गरिएको एक अध्ययनले कोरोना संक्रमणको ९० दिनभित्र २० प्रतिशत संक्रमितले विभिन्न खालका मानसिक रोगको उपचार गरेकाले अरूमा पनि यस्तो समस्या हुन सक्ने मनोविद्हरूले बताएका छन्।
चिट्चिटाहट, डिप्रेसन, अनिद्रा मानसिक समस्याका प्रमुख लक्षण हुन्। अध्ययनले मानिसहरूमा बिर्सने रोग हुने सम्भावना पनि अधिक रहेको देखाएको छ।
‘मानिसहरूले कोरोनाबाट निको भएकाहरूमा मानसिक समस्या हुन्छ भन्ने चिन्ता जनाइरहेका थिए, हाम्रो अध्ययनको निष्कर्षले पनि त्यस्तै देखाउँछ,’ बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा मनोचिकित्साका प्राध्यापक पउल ह्यारिसनले भने।
FACEBOOK COMMENTS