काठमाडौं, २७ कार्तिक – काठमाडौंको न्यूरोडमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगरपालिकाको ‘उपभोक्ता हित संरक्षण समिति’ ले सो मिठाइ पसललाई जरिवाना गरेको हो ।
समितिको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका मिठाइ बनाउने सामान र रङ्गको प्रयोग गरेर अनुचित व्यापार गरेको भेटिएको जनाइएको छ ।
अनुगमनको नेतृत्व गरेका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले ठूलो लगानीमा चलेको मिठाई पसलले खाद्य बस्तु उत्पादनमा प्रयोग गरेका सामान गुणस्तरहीन पाइएको बताए
यसैगरी कालीमाटीमा सञ्चालित वीणा टे«डिङ कालीमाटीलाई खरिद बिल नभएकोले १० हजार रुपैयाँ जरिवाना गरिएको निरीक्षण अधिकृत खतिवडाले जानकारी दिए ।