काठमाण्डौँ — नेपाल रेडक्रस सोसाइटीले अबैध रूपमा स्वास्थ्योपचारका लागि अत्यावश्यक रगतको मृल्य वृद्धि गरेको छ ।
रेडक्रसले सरकारको अनुमतिबिनै प्रतियुनिट रगतमा एक सय रुपैयाँ मूल्य बढाएको हो ।
रेडक्रसको केन्द्रीय रक्त सञ्चार सेवाले गत बिहीबारदेखि प्रतियुनिट रगतमा यसअघि लिँदै आएको शुल्कमा एक सय रुपैयाँ थप लिने सूचना जारी गरेको छ ।
केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बिहीबार रगतको मूल्य वृद्धि भएको सूचना प्रकाशित गरेकी हुन् ।
रगतको शुल्क बढाउने रक्त सञ्चार सेवाको एकलौटी निर्णय भएको जनाउँदै उनले एनटयाग सरकारको अंग रहेको र सरकारले रगतको मूल्य वृद्घि गर्ने सिफारिस वा निर्णय नगरेको समेत बताए ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं प्रेमसागर कर्माचार्यले रेडक्रसले रगतमा शुल्क हटाउनुपर्ने आफूहरूको मागविरुद्ध थप शुल्क बढाएको भन्दै कडा आपत्ति प्रकट गरेका छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS