काठमाडौँ, कात्तिक २९ – सुनसरी जिल्लाको बराह–५ की १९ वर्षीया युवतीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । शनिबार बिहान ४ः३० बजे धरानको बी.पी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उक्त संक्रमितको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।
मृतकमा पहिलेदेखि नै दीर्घ रोग भएको समेत डा. श्रेष्ठले जानकारी दिएका छन् । शवको नियमानुसार व्यवस्थापन हुने अस्पतालले जनाएको छ ।
FACEBOOK COMMENTS