काठमाडौं, कात्तिक २९ – जनकपुरमा घरमै रहेकी एक महिलामाथि एसिड प्रहार भएको छ । शनिबार बिहान जनकपुर उपमहानगरपालिका- ७ स्थित घरमै काम गरिरहेकी २६ वर्षीया आरती साहमाथि एसिड प्रहार भएको हो ।
प्रहरीका अनुसार एसिडबाट उनको अनुहार र छातीको भाग जलेको छ । हाल उनको जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । घटना विषयमा थप अनुसन्धान तथा एसिड आक्रमण गर्नेको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
FACEBOOK COMMENTS