काठमाडौं, १ मंसिर – सिरहाका सीमावर्ती क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोग गर्नेहरूको संख्यामा वृद्धि भएको हो ।
वर्षौंदेखि ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासी पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् ।
आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे व्यापक प्रचारप्रसार,स्थानीय प्रशासनले भारतीय नुनको आयातमा गरिएको कडाइ र सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि सीमावर्ती ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको हो ।
FACEBOOK COMMENTS