काठमाडौँ, ४ मंसिर – बहुराष्ट्रिय कम्पनी कोकाकोला र नेपाल रेडक्रस सोसाइटी को साझेदारीमा कोभिड–१९ महामारीमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकको सुरक्षा अभिवृद्धिका लागि विभिन्न अस्पताल र स्वयंसेवकलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान आजदेखि शुरु भएको छ ।
विभिन्न अस्पतालमा प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीको कूल मूल्य करिब रु एक करोड ४० लाख बराबरको रहेको छ । यस साझेदारीअन्तर्गत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालमा एकरएक भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरिनेछ ।
यो चरणको सामग्री वितरण अभियान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको समुपस्थितिमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरबाट शुरु गरिएको हो । कोकाकोलासँग समन्वय गरेर दोस्रोपटक सहयोग गरेकामा रेडक्रसको प्रशंसा गर्नुहुँदै मन्त्री ढकालले प्रत्येक प्रदेशका ठूला अस्पतालमा भेन्टिलेटरको व्यवस्था गर्ने योजनाअनुसार उपकरण पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS