काठमाडौँ, मंसिर ५ – वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले गोसाइँकुण्ड क्षेत्रको बृहत्तर विकास निर्माणको प्रारम्भिक चरणको काम सुरु भएको बताउनुभएको छ । शुक्रबार मन्त्रालयले धुन्चेमा गरेको गोसाइँकुण्ड क्षेत्रको बृहत्तर विस्तृत परियोजनाको छलफल कार्यक्रममा उहाँले निर्माण प्रक्रियाको पहिलो चरणको कामको सुरुआत भएको बताउनुभएको हो ।
बहुवर्षे कार्यक्रमअन्तर्गत् गोसाइँकुण्ड एकपटक पुग्नैपर्ने गन्तव्यका रुपमा विकास गरिने उहाँको भनाइ थियो । प्रदेश सरकारबाट निर्माण गर्न लागिएको गोसाइँकुण्ड क्षेत्रको बृहत्तर विकास निर्माणको कामको थालनी भएकोमा स्थानीयले स्वागत गरेका थिए ।
बहुवर्षे कार्यक्रमअन्तर्गत् गोसाइँकुण्डमा मन्दिर, गुम्बा, रेलिङबार निर्माण, शौचालय, ढल निर्माण, विद्युतीय कार्य, त्रिशुलधारालगायत छओटा ट्रस भवन निर्माण गरिनेछ ।
FACEBOOK COMMENTS