काठमाडौँ, मंसिर ५ – काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न निर्माण गरिएको बञ्चरे ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका बासिन्दाले वैज्ञानिक ढङ्गबाट फोहोरमैला व्यवस्थापन गर्न माग गरेका छन् । स्थानीयवासीले नयाँ बन्दै गरेको बञ्चरेडाँडा दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइटलाई वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न माग गरेका हुन् ।
फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नं २ र धादिङको धुनिबेंसी नगरपालिका वडा नं २ को बीचमा पर्ने बञ्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइट बनाउने कार्य अन्तिम चरण पुगेको छ ।
प्रभावित क्षेत्रका बासिन्दाले फोहोरमैला वैज्ञानिक तवरबाट व्यवस्थापन गर्न सरोकार पक्षसँग आग्रह गरेका छन् । सोह्र वर्षदेखि काठमाडौँ, भक्तपुर र ललितपुरको फोहोर सिसडोलमा थुपारिँदै आएको छ । सो अवधिमा काठमाडौँ महानगरपालिकाले १८ बुंदे सम्झौता कार्यान्वयन नगरेर जनस्वास्थ्यलाई प्रतिकूल असर पर्ने गरी अवैज्ञानिक तरिकाबाट फोहोरमैला व्यवस्थापन गरेको स्थानीयवासीको आरोप छ ।
FACEBOOK COMMENTS