काठमाण्डाै, मंसिर ६ – काठमाण्डाै महानगरपालिकाले भोलि (आइतबार) देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनकाे कार्य सुरु गर्ने भएको छ ।
नेपाल सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरूको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब सङ्कलन गर्ने कार्यलाई फेरि सुरु गर्न लागिएको महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले बताउनुभएको छ ।
शनिबार राष्ट्रिय विभूति शङ्खधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको सालिक अनावरण कार्यक्रममा उपस्थित हुनुभएका मेयर शाक्यले पत्रकारहरूसँग कुरा गर्दै भोलिदेखि फेरि स्वाब सङ्कलनको कार्य सुरु गर्न लागिएको बताउनुभएको हो । यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र ज्येष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उहाँले बताउनुभयो ।
FACEBOOK COMMENTS