काठमाडौं, मंसिर ९ – सामसङको पहिलो फोल्डिङ फोनले धेरै सफलता पाएन । पहिलो फोनले सफलता नपाएता पनि सामसङको फोल्डिङ फोन ग्यालेक्सी जेड फोल्ड २ ले कम्पनीलाई केही सहयोग गरेको छ ।
अब कम्पनीले फेरि पनि फोल्डिङ फोन ल्याउने भएको छ । दक्षिण कोरियाको पब्लिकेसन अजुन्युजका अनुसार सामसङले ग्यालेक्सी जेड फोल्ड ३ जुन २०२१ मा सार्वजनिक गर्न सक्ने भएको छ ।
यो फोनलाई स्क्रीन क्यामेरा टेक्नोलोजी प्रयोग गरेर निकालिने बताइएको छ । यो फोनले एस पेन सपोर्ट पनि पाउने अनुमान लगाइएको छ । यसमा सामसङले बनाइरहेको अल्ट्रा थिन ग्लास टेक्नोलोजी पनि प्रयोग हुन सक्ने छ ।
यसमा एस पेन राख्ने छुट्टै ठाउँ हुनेछ । सामसङको आउँदो फोन ग्यालेक्सी एस २१ अल्ट्राले पनि एस पेन सपोर्ट गर्ने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS