काठमाडौं, मंसिर ९ , हेमराज ढकाल नेपालका एक सफल उद्योगीमा गनिन्छन् । नेपालमा क्यारियर शुरु गर्नु पुर्व उनी शिक्षा र अनुभवका लागि विदेशिए थिए । अष्ट्रेलियाबाट अन्डरग्य्राजुएट गरे पश्चात उनले जापानमा इन्साइक्लोपिडिया ब्रिटाननिका नामकोे डिक्सनरी प्रकाशित गर्ने कम्पनीमा ९ महिना मार्केटिङ् अफिसरका रुपमा काम गरेका थिए । तर नेपालमै केही गर्ने हुटहुटीले राम्रै आम्दानी रहेको जागिर छाडेर उनी स्वदेश फर्किएका थिए ।
ढकालले नेपाल फर्किएर ह्यान्डिक्राफ्ट जापान लैजाने र त्यहाँबाट सेकेन्डह्यान्ड गाडी नेपाल ल्याउने व्यवसायको शुरुवात गरेका थिए । त्यसरी विदेशबाट संस्थागत रुपमा गाडी नेपाल भित्राउने उनी पहिलो व्यक्ति हुन् । कलंकीमा शोरुम राखेर सन् १९९३ देखि १९९८ सम्म उनले उक्त व्यवसाय संचालन गरे ।
त्यसपछि उनले जापानिजसँग मिलेर ‘जापान अटो टेक्नो’ नामक सर्भिस सेन्टरको सुरुवात गरे । पछि सन् २००३ मा उनले झापा टि स्टेट खडा गरि डेढदुई सय विगाहा जमिनमा चियाबगान सुरु गरेका थिए । झापा टि स्टेट हाल अन्तर्राष्ट्रिय स्तरको रहेको छ ।
एक्सल विकास बैंकका पुर्व अध्यक्ष समेत रहेका ढकाल ‘हेरिटेज’ ब्रान्डको म्याट्रेस कम्पनीका संचालक पनि हुन्् । सन् २०११ मा उनले हेरिटेज फ्लोरिङ कार्पेट सुरु गरेका थिए । त्यसपछि यसैको बाइप्रोडेक्ट इपिइ रोल एन्ड सिटको सुरुवात गरे । यसरी उद्योग सुरु गर्दै तिनलाई सफलतासम्म पु¥याउन नेतृत्व गर्दै गए । अहिले उनी यी सबै उद्योगको नेतृत्व गरिरहेका छन् ।
उनलाई ‘भिजनरी’ व्यवसायीका रुपमा लिने गरिन्छ । हाल उनी नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य र महासंघमै कृषि उद्यम केन्द्रका सह–अध्यक्ष छन् ।
सरकार र दातृ निकायको कोष ल्याएर कृषि उद्यममा लाग्न चाहनेलाई उद्यमी बनाउन उनले सारथीको रुपमा सघाउदै आएका छन् ।
FACEBOOK COMMENTS