काठमाडौं, मङ्सिर ११ – नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान गर्नेहरूको अन्तिम नामावली टुंगो लागेको छ । महासंघको निर्वाचन समितिले बिहीवार मतदाताहरूको प्रारम्भिक नामावली टुंगो लगाएको हो ।
महासंघको नेतृत्व चयनका लागि ६२ पदका लागि १२७ जना चुनावी मैदानमा लडिरहँदा कुल ६२ पदका लागि १ हजार १ सय ५७ जनाले मतदान गर्ने भएका छन् ।
महासंघको निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार १ हजार १ सय ५७ जना मतदाहरुको नाम भोटिङ लिस्टमा सूचीकृत भएको छ । जसमध्य जिल्ला र नगर तर्फबाट १०७, वस्तुगत तर्फबाट १०३ , एशोसिएट तर्फबाट ९२३ मतदाताहरु रहेका छन् । त्यस्तै, द्विराष्ट्रियबाट १२ र संस्थागत तर्फबाट पनि १२ गरी कुल १,१५७ मत रहनेछन् ।
निर्वाचनको कार्यक्रम भने शनिबार तीन स्थानमा राखिएको छ । सचिवालयका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा जिल्ला नगर समूहको मतदान हुनेछ भने बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एसोसिएट समूहको मतदान केन्द्र राखिएको छ ।
वस्तुगततर्फको मतदान भने टेकुस्थित महासङ्घ सचिवालय परिसरमै गर्ने निर्धारण गरिएको छ । यस्तै प्रधानको प्यानलबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसिएटतर्फ उपाध्यक्षमा सौरभ ज्योतिले प्रतिस्पर्धा गर्दैछन् ।
महासंघमा जिल्ला र नगरको ५० प्रतिशत, एसोसिएटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत भोटिङ अधिकार हुन्छ ।
जिल्ला र नगरमा एक उपाध्यक्षसहित २६ जना, एसोसिएटमा एक उपाध्यक्षसहित १८ जना, वस्तुगतमा एक उपाध्यक्षसहित १४ जना निर्वाचित हुनेछन् । यस्तै महासंघमा जिल्ला र नगरमा १ सय ६, वस्तुगतमा १०१ र एसोसिएटमा ८ सय जना मतदाता छन् ।
महासंघको साधारण सभा बिहीवारबाट शुरू भएको छ । १३ गतेसम्म चल्ने साधारण सभामा शुक्रवार बन्दसत्र र शनिवार निर्वाचन हुँदैछ ।
FACEBOOK COMMENTS