काठमाडौं, मंसिर १२ – कोरोना खोप आउनुभन्दा पहिले भारतमा प्राथमिकता समूहलाई अन्तिम रूप दिएको छ । पहिलो चरणमा ३१ करोड भारतीय जनतालाई खोप दिइनेछ । यसमा स्वास्थ्यकर्मीहरू, पुलिस, ५० बर्ष भन्दा माथिका र उच्च जोखिम समूहका युवाहरू सामेल छन् । सरकारले अक्सफोर्ड–एस्ट्राजेनेका खोपको पूर्ण दुई डोजको परीक्षणबाट प्रारम्भिक तथ्यांकलाई संकलन गरेर लगाउने गर्ने निर्णय गरेको छ ।
सल्लाहकार के. विजयराघवनका अनुसार डा. भीके पोलको अध्यक्षतामा रहेको राष्ट्रिय खोप समितिले खोप लिने पहिलो व्यक्ति को लागी ब्लूप्रिन्ट तयार गरेको छ । उनले विज्ञान मन्त्रालय र भारतीय उद्योग परिसंघ (सीआईआई) को बैठकमा उनले ३१ करोड मानिसमा खोप लगाइने पहिचान भइसकेको जानकारी दिएका हुन । उक्त खोप मार्चदेखि मे महिनाभित्रमा दिइने योजना बनाएको छ ।
FACEBOOK COMMENTS