काठमाडौं, मंसिर १२ – थप एक हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख २९ हजार ३४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १० हजार ६७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार २३६ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार २३७ सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं उत्यकामा थप ८२२ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा संक्रमितको संख्या एक लाख सात हजार १२४ पुगेको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका ५९९, ललितपुरका १६० तथा भक्तपुरका ६३ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
हालसम्म काठमाडौंमा ८६ हजार ३०१, ललितपुरमा १२ हजार ९६४ तथा भक्तपुरका सात हजार ७८९ सङ्क्रमित भएका छन् । तिमध्ये काठमाडौंमा ७८ हजार १६२, ललितपुरमा ११ हजार ३१५ तथा भक्तपुरमा सात हजार ९२ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौंमा ३४२, ललितपुरमा १०३ तथा भक्तपुरमा ८९ जनाको कोरोनाबाट ज्यान गएको छ । शुक्रवार काठमाडौं उपत्यकामा १० जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका सात तथा काठमाडौंका तीन रहेका मन्त्रालयलले जनाएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या एक हजार ४३५ पुगेको छ ।
FACEBOOK COMMENTS