काठमाडौं, १८ मंसिर – काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा पछिल्लो २४ घन्टामा थपिएका कोरोनाभाइरस संक्रमितमध्ये आधाभन्दा धेरै पुरुष रहेका छन् ।
मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौंमा पछिल्लो २४ घन्टामा ३ सय ११ जना पुरुष र २ सय ५० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं जिल्लामा मात्रै अहिले ६ हजार ३ सय ३७ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौंमा अहिलेसम्म ८९ हजार २ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यीमध्ये ३ सय ९३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै, भक्तपुरमा अहिलेसम्म कोरोनाका कारण ९४ जनाले ज्यान गुमाएका छन् भने ललितपुरमा १ सय १७ जनाले ज्यान गुमाएका छन् ।
FACEBOOK COMMENTS