काठमाडौं, मंसिर २४ – अरुण भ्याली हाइड्रोपावरले प्रस्ताव गरेको ५ दशमलव २६ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर २५ गते बिहीवार अन्तिम दिन रहेको छ ।
कम्पनीले यस वर्ष ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न पुस ८ गतेका लागि २३ औं वार्षिक साधारण सभा कम्पनीले आव्हान गरेको छ ।
उक्त सभा प्रयोजनका लागि मंसिर २६ गतेदेखि बुक क्लोज गर्ने भएकाले मंसिर २५ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन् ।
FACEBOOK COMMENTS