काठमाडौं, मंसिर २५ – काठमाडौं पर्फेक्ट फुड्सको उत्कृष्ट उत्पादन सेन्टर फिल्ज चुइङ्गम अब विभिन्न फ्रूटको स्वादमा बजारमा उपलब्ध भएको छ ।
२०१६ सालदेखि विभिन्न चकलेट क्याण्डी तथा ललीपप उत्पादन गर्दै आइरहेको पर्फेक्ट फुड्सले जर्मन प्रविधिबाट यो सेन्टर फिल्ज चुइङ्गम उत्पादन गरेको हो । सेन्टर फिल्ज भित्री भागमा फलफूलको जेल हालेर बनाइएको, नेपालकै पहिलो लिक्विड फिल चुइङ्गम हो ।
यूरोपबाट ल्याइएको गमबेसद्वारा उत्पादित यो चुइङ्गम विभिन्न प्रूmटको स्वादमा नेपालमै उत्पादन भइरहेको छ । मात्र दुई रुपियाँमा उपलब्ध हुने यो बनाना, वाटरमेलन, मिन्ट, स्ट्रबेरी, ब्लुबेरी र मिक्स फ्रूटहरुको स्वादमा उपलब्ध छ ।
चुइङ्गम पारखीहरुलाई मध्यनजर गर्दै कम्पनीले नेपालमै अन्तराष्ट्रिय स्तरको उत्पादन गर्दै आइरहेको छ साथै नेपालमै पहिलो पटक कोटेड चुइङ्गम स्नो डेन्ट उत्पादन तथा बिक्री गर्ने प्रक्रियामा पनि रहेको छ ।
चकलेट क्याण्डी तथा ललीपप क्षेत्रमा राम्रै बजार हिस्सा आगोटेको पर्फेक्ट फुड्सले स्वास्थ्य र स्वादलाई मध्यनजर गर्दै उच्च गुणस्तरको उत्पादन गर्ने कुरामा कम्पनी विश्वस्त भएको कम्पनीका बिक्री प्रबन्धक अरुण गुप्ताले बताए ।
FACEBOOK COMMENTS