काठमाडौं, २६ मंसिर – नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले आज शुभारम्भ गरे ।
विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त, तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागि अस्पतालले उपचार सेवा प्रदान गर्नेछ । बर्दिय राष्ट्रिय निकुञ्जलगायत देशका अन्य भागमा घाइते तथा रोगी भएका वन्यजन्तुलाई अस्पतालमा ल्याएर उपचार गर्ने गरिएको थियो ।
FACEBOOK COMMENTS