काठमाडौं, मंसिर २८ – विद्या बालान अभिनित चलचित्र ‘द डर्टी पिक्चर’ मा अभिनय गरेकी आर्या बनर्जीको निधन भएको छ । शुक्रवार सायथ कोलकाता स्थित घरमै उनको शब भेटिएको थियो ।
नाकबाट रगत र मुखबाट फिँज आएको अबवस्थामा उनको शब भेटिएको प्रहरीले जानकारी दिएको छ तर, पोष्टमार्टमा रिपोर्ट आउन बाँकी नै छ । ३३ वर्षकी यि कलाकार कलकत्तामा रहेको आफ्नो घरमा एक्लै बस्दै आएकी थिइन् । उनको कोठाबाट केही रक्सिको खाली बोत्तल भेटिएको प्रहरीले जनाएको छ ।
उनको घरमा हरेक दिन एक महिला कामका लागि आउथिन् । शुक्रबार बिहान काम गर्न आएकी महिलाले ढोका ढक्ढक्याउदा नखेलेपछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले ढोका फोडेर हेर्दा उनको मृत शरिर भेटिएको थियो । सितार वादक बन्दोपाध्यायकी छोरी आर्याको असली नाम देवदत्त बनर्जी हो । उनले डर्टि पिक्चर्सको अतिरिक्त लव सेक्स और धोकामा पनि काम गरेकी थिइन् ।
FACEBOOK COMMENTS