काठमाडौं, ३० मंसिर – अधिकांश कोरोना संक्रमितलाई ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न हल्का गाह्रो हुने सामान्य लक्षण देखिन्छ । मधुमेह, श्वासप्रश्वास, मुटु र मिर्गौलाजस्ता जटिल प्रकारका रोगीमा भने कोरोना भाइरसले फोक्सोको संक्रमण गराइदिने भएकाले यस्ता अधिकांश बिरामीलाई निमोनिया हुने गरेको चिकित्सक बताउँछन् ।
कोरोना महामारीअघि जाडो मौसममा निमोनियाका बिरामी बढ्थे नै, संक्रमणका कारण यो समस्या अझै बढिरहेको त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बमले बताए । उनले भनेजस्तै संक्रमणले निमोनिया निम्त्याएकै कारण बिरामी उपचारका लागि आईसीयू र भेन्टिलेटरसम्म पुगिरहेका छन् । अधिकांश अस्पतालका आईसीयू भरिभराउ छन् । ‘पहिलेभन्दा निमोनियाका बिरामी दोब्बर भएका छन्, कोरोना संक्रमण र जाडो मौसमका कारण निमोनियाका बिरामी अझै थपिने सम्भावना छ,’ उनले भने, ‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिने, शिथिल भएपछि मात्रै उपचार खोज्ने गरिएको छ । यसले गर्दा अहिले संक्रमितको संख्या घटे पनि जटिल बिरामी भने बढिरहेका छन् ।’
FACEBOOK COMMENTS