काठमाडौं, पुस १ – चालू आर्थिक वर्षको चार महिनामा ९ हजार ४ सय ९६ कम्पनी दर्ता भएका छन् । यो गत वर्षको यसै अवधिको तुलनामा ६.२ प्रतिशतले बढी हो । गत वर्ष यस अवधिमा ८ हजार ९ सय ४३ कम्पनी दर्ता भएका थिए । कोभिड माहामारीकै बीचमा पनि कम्पनी दर्ताको संख्या बढेको छ । यसले देशभित्र व्यवसाय सञ्चालन सुधारोन्मुख भएको संकेत गर्छ । अर्थमन्त्रायले प्रकाशित गरेको अर्थ बुलेटिनले कम्पनी दर्ताको संख्या बढेको देखाएको हो ।
यता कोरोना माहामारीले थलिएको पर्यटन ७७.८ प्रतिशले संकुचन आएको छ । सन २०२० सम्ममा नेपाल भित्रिएका पर्यटकको संख्या २ लाख १८ हजार १ सय ७० रहेको छ । यो भारत बाहेकको देशको डाटा हो । कोभिड माहामारीका कारण हवाई उडान बन्द हुँदा त्यसको प्रत्यक्ष असर बाह्य पर्यटकमा परेको छ ।
अक्टोबरमा १ हजार ८ सय ७४ पर्यटक भित्रिएका छन् । जबकि सन २०१९ को अक्टोबरमा मात्रै १ लाख ३४ हजार ९६ पर्यटक नेपाल आएका थिए ।
FACEBOOK COMMENTS