काठमाण्डौँ — प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्का हाल्न रोक लगाएको छ ।
मंगलवार सूचना प्रकाशित गर्दै कार्यालयले उक्त कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधरणको जीवनस्तरमा समेत नराम्रो असर पर्ने उल्लेख गरेको छ ।
जारी सूचनामा कार्यालयको कार्तिक ३० गते भएको निर्णय अनुसार निर्माण ब्यवसायीको कालोसुची सम्बन्धी कारबाही प्रक्रिया कार्यालयबाट टुंगा नलागेसम्म नयाँ ठेक्कामा रोक लगाइएको उल्लेख गरिएको छ ।
सिक्टा सिंचाई आयोजना, बाँकेले उक्त निर्माण कम्पनीलाई कार्तिक २६ गते कालोसूचिमा राख्नु पर्ने माग गर्दै पत्र पठाएको थियो ।
उक्त आयोजनाले कोस्टाल पप्पु जेभीले २० जुन २०१६ मा ९८ करोड ८१ लाखमा २३ किलोमिटर डुडुवा शाखा नहर बनाउने ठेक्का पाएको थियो ।
सम्झौता सकिदा बल्ल ७ प्रतिशत मात्र काम गरेपछि गत कार्तिक २९ गते ठेक्का तोडिएको आयोजनाले जनाएको छ ।
FACEBOOK COMMENTS