काठमाडौं, पुस ५ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको संसद विघटन सिफारिसको कदमलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्न भएको टिप्पणी गरेका छन् ।
बाह्रखरीलाई दिएको संक्षिप्त प्रतिक्रियामा प्रवक्ता शर्माले धेरै जनता कोरोनाको कात्रो ओढिरहँदा ओलीले रातो झन्डा फहराउँदै संसद् विघटन सिफारिस गरेको बताए ।
“अधिनायकवादमा जाने प्रयत्न असफल पारिन्छ,” प्रवक्ता शर्माले भने, “स्थिरता दिन्छु भनेर जनता ढाँटेका ओलीको वास्तविक चरित्र उदांगो भएको छ।”
FACEBOOK COMMENTS