काठमाडौं, ०५ पौष – पूर्वसभामुख कृष्ण बहादुर महरालाई स्थायी समितिमा मनोनयन गरिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकले सो निर्णय गरेको हो । उनलाई स्थायी समितिमा लगिने निर्णय केन्द्रीय समितिबाट अनुमोदन भएपछि कार्यान्वयन आउने बताईएको छ ।
पार्टीमा महराले पुर्याएको योगदानको कदर गर्दै उनलाई स्थायी समितिमा लैजाने निर्णय भएको स्रोतले बताएको छ । महरा दाङबाट प्रतिनिधीसभाका लागि निर्वाचित भएका थिए । त्यसलगत्तै सभामुख बनेका महरा माथि आक्षेप लागे पछि सभामुख पदबाट राजिनामा दिएका थिए । अदालतबाट सफाई पाए पस्चात उनी पुन: सकृय राजनीतिमा आएका थिए । लान्छना मुक्त बने पछि राजनीतिमा सकृय रहेका महराले कार्यकर्ताको भरपुर साथ प्राप्त गर्दै आएका छन् ।
पार्टी नेतृत्व पंक्तीले समेत उनको आवश्यकता महशुस गर्दै स्थायि कमिटीमा लैजाने निर्णय लिएको पार्टी उच्च स्रोतले जनाएको छ ।
FACEBOOK COMMENTS