काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजस्व विभागको मैत्रीपूर्ण फुटवल खेलमा महासंघले जित निकालेको छ ।
राजस्व विभागलाई महासंघले ३–१ गोलले पराजित गरेको हो ।
महासंघको तर्फबाट मैदानमा खेलेका लक्ष्मी उप्रेतीले २ गोल र रामनाथले १ गोल गरेका थिए । जवाफमा राजस्व विभागले १ गोलमात्र गर्यो ।
महासंघ र अर्थमन्त्रालय्आन्तरिक राजस्व विभागको सहकार्यमा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना भएको हो । नेपाली सेनाको हेडक्वार्टरको फूटबल मैदान, भद्रकालीमा फुटवल प्रतियोगितामा भएको हो ।
उक्त खेलमा भाग लिई कर प्रशासन र निजी क्षेत्र बीच सम्बन्ध प्रगाढ बनाई कर प्रशासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यमा खेल आयोजना गरिएको खेल संयोजक कृष्ण दुलालले बताए ।
FACEBOOK COMMENTS