काठमाडौं, पुस १६ –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई प्रभाव पार्ने गरि कांग्रेसले आन्दोलन नगर्ने प्रष्टाएका छन्।
मेलमिलाप दिवसका अवसरमा सूचना,सञ्चार तथा प्रचार विभागले गरेको भर्चुअल संवादमा देउवाले अदालतमा विचाराधीन मुद्धामा नबोल्ने बताए। संसद भंग गर्ने सरकारको निर्णय असंवैधानिक भएको बताउँदै देउवाले अदालतलाई प्रभावित पार्ने गरि कांग्रेसले आन्दोलन नगर्ने बताए। अदालतलाई प्रभाव पार्ने गरि धम्क्याउन नमिल्ने उनको तर्क थियो।
भर्चुअल संवादमा देउवाले संसद पुनस्र्थापनाको कुरै उठाउन चाहेनन्। अदालतको क्षेत्राधिकारभित्रको कुरा भन्दै उनले संसद पुनर्बहालीको मुद्धा उठाउन चाहेनन्।
संसद भंग गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम भएको देउवाले बताए। ओलीको असंवैधानिक र अलोकतान्त्रिक कामको कांग्रेसले विरोध गरिआएको देउवाको भनाइ छ।